शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एनपीएलमा आज दुई खेल, कर्णाली र सुदूरपश्चिम-चितवन र पोखरा भिड्दै

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । कर्णालीले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराएको थियो ।

यता, सुदूरपश्चिम रोयल्स अंक तालिकाको छैटौँ स्थानमा छ । चार खेल खेलेको सुदूरपश्चिमले दुईमा जित र दुईमा हार बेहोरेको छ । पहिलो खेलमा चितवनलाई हराउँदै विजयी सुरुवात गरेको सुदूरपश्चिम दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो । तेस्रो खेलमा पोखरालाई हराएको सुदूरपश्चिम चौथो खेलमा भने लुम्बिनीसँग पराजित भएको थियो ।

यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

दुवै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।