युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा रहेको छ । यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा रहेको छ ।
यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ सात पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २५ पैसा र बिक्रीदर ११ रुपैयाँ २९ पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५ रुपैयाँ ५२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ आठ पैसा र बिक्रीदर ४९२ रुपैयाँ तीन पैसा तथा बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, ओमानी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।