शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बालेनको टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउने विषय फरक हुन्छ’

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन्,’ उहाँले लेख्नुभएको छ ।

उहाँले थप लेख्नुभएको छ, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएपछि प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्ति आएको हो ।

लामिछानेको प्रतिक्रियापछि रास्वपाका अन्य नेताहरूले पनि आईजीपी परिवर्तन गर्ने सरकारको निर्णयबारे पार्टीसँग छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले सभापति लामिछाने र रास्वपाका नेताहरूप्रति लक्षित टिप्पणीका रूपमा व्याख्या गरेका छन् ।