नेप्से घटेको छ । अघिल्लो दिन एक दशमलव ४० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार १२ दशमलव ९५ अंकले घटेर २६ सय ५२ दशमलव ५८ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले घटेर चार सय ७८ दशमलव ९३ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको ४४ हजार चार सय १२ पटकको कारोबारमा एक करोड २३ लाख ७३ हजार आठ सय ४१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७२ करोड २२ लाख ३६ हजार छ सय २३ रुपैंयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक चार दशमलव २२ अंकले बढेर चार हजार चार सय ९८ दशमलव ७० अंकमा चढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ११ अंकले बढेर १५ सय ७९ दशमलव ७० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३८ दशमलव ९० अंकले घटेर पाँच हजार चार सय ८८ दशमलव ६८ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि १० दशमलव ९८ अंकले घटेर दुई हजार एक सय ८४ दशमलव ४१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ६० अंकले घटेर तीन हजार छ सय १८ दशमलव ६८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ९८ अंकले घटेर ११ हजार आठ सय ५६ दशमलव ४३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५७ अंकले घटेर नौं हजार तीन सय ८१ दशमलव ३० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ३० दशमलव शुन्य दुई, शुन्य दशमलव २७, ६६ दशमलव १२, शुन्य दशमलव शुन्य दुई, नौं दशमलव २१ र चार दशमलव ६९ अंकले घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी सवल योजना परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा केविऐल डिबेञ्जर २०८६ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ।