शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौं । सार्वजनिक यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको रात्रि बसमा यात्रा गरिरहेकी महिलामाथि अभद्र व्यवहार र हातपात गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको बसमा ती युवकहरूले महिला यात्रुमाथि दुर्व्यवहार गरेका थिए ।

घटनापछि पीडित महिलाले दिएको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनाका २१ वर्षीय शमिर बिष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।