काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।