शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एकान्तकुनामा टिपरमा गएर मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु, एक घाइते

बुधबार, साउन ११ २०७९

ललितपुर । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ ।  सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि टिपरमा बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गएरातति ९ बजे ठोक्किएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको ठेचो बस्ने  २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए । 

दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।