आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्ने

आइतबार, कार्तिक १५ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा अन्य विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

सभापति थापाले आइतबार विशेष सम्बोधन गर्न लागेको पार्टीले जनाएको छ। सम्बोधनमा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको छ।

यसअघि पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने सूचना जारी गरेका थिए।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको थियो।