काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने जानकारी दिएका हुन् ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सूचनामार्फत अनुरोध गरिएको छ।