बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युके–नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगको तर्फबाट बालगृहलाई सहयोग

मंगलबार, बैशाख ८ २०८३

स्याङ्जा । युके–नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगको तर्फबाट अध्यक्ष गंगा गुरुङ तथा उहाँकी धर्मपत्नीले सामाजिक सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको छ।

उहाँहरूले अमोर सेवा नेपाल बालगृह, फेदिखोला–१ कटुजेस्वारा, स्याङ्जाकी अध्यक्ष कमला पराजुलीलाई नगद रु १ लाख ७१ हजार ५८० हस्तान्तरण गर्नुभएको हो।

बालबालिकाको पालनपोषण, शिक्षा तथा दैनिकी व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले मानव सेवाभन्दा ठूलो धर्म नभएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, बालगृहकी अध्यक्ष पराजुलीले प्राप्त सहयोगले बालबालिकाको जीवनस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो।

स्थानीय स्तरमा यस्ता सहयोगले असहाय तथा विपन्न बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।