काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका–२ भिठ्ठा बस्ने बर्दिया गुलरिया नगरपालिका–९ डब्बा घर भएका २७ वर्षीय राजेश अहिर र उनकै श्रीमती ३५ वर्षीया सारदा हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रुपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गौडी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१६ बेहडाबाबा बस्ने ३५ वर्षीय लोकेन्द्र कठायतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.४ प ५०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापाको दमक नगरपालिका–५ नारायण टोल बस्ने ३१ वर्षीय रण बहादुर मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम र नगद २१ हजार ५ सय रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले रण बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१३ बस्ने ३९ वर्षीय ससिकान्त चौधरी, सोही नगरपालिका–४ बगाहा बस्ने ३७ वर्षीय दावेन्द्र मगर र सोही नगरपालिका–९ गैरून बस्ने ३५ वर्षीय प्रेम चौधरी रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा.४१ प ५५०८ र प्रदेश १–०२–०५८ प ७०७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी उदयपुरको बेलका नगरपालिका–९ रामपुरबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम र नगद १९ हजार ७ सय १५ रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–४ भोर्लेनी बस्ने २६ वर्षीय संजिव राई र १९ वर्षीय प्रबेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले स.३ प ९२१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सर्लाहीको लालबन्दी नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १२ ग्राम सहित लालबन्दी नगरपालिका–५ बस्ने ईश्वरपुर नगरपालिका–३ घर भएका ३४ वर्षीय सुवास लमिछानेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुनसरीको धरान उपमहानगरपालिका–१९ धनकुटे रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र स्पास्पेन २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१० बस्ने १९ वर्षीय निरफुङ बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब २२ किलो सहित राक्सिराङ गाउँपालिका–१ बस्ने ४५ वर्षीय लक्ष्मी माया गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ पैटा बस्ने २९ वर्षीय राजिब चौधरी र २४ वर्षीय सियाराम गच्छदार रहेका छन् । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ प्रदेश १–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ पुष्पनगर बस्ने २७ वर्षीय सुवास परियार र राजापुर नगरपालिका–८ बस्ने २१ वर्षीय बिवेक विश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।