काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै पनि खेल हुने छैन। प्रतियोगिताको निर्धारित खेलतालिकाअनुसार आज एक दिनका लागि विश्राम दिइएको हो।
शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो। उक्त जितसँगै काठमाडौंले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ।
एक दिनको विश्रामपछि प्रतियोगिताका बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।