शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

यु–१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौं । यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

ओमानको अल अमेरातमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ थालेको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह चरणको पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गरेको नेपालले आगामी मंसिर २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र २४ गते पाकिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन् ।