शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, २५औँ सत्याग्रह अन्त्य

शनिबार, कार्तिक २१ २०८३

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि उनले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

शनिबार राति पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सहमतिसँगै डा. केसीले अनशन तोडेका हुन् ।

अनशन अन्त्य भएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गरे । उनले सहमतिमा उल्लेख भएका विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताए ।

मन्त्री पोखरेलले भने, ‘यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।’

डा. केसी र सरकारबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

सरकार र डा. केसीबीच भएको सहमतिसँगै उनको लामो समयदेखिको सत्याग्रह अन्त्य भएको छ।