आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ : गगन थापा

आइतबार, कार्तिक २२ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मक सोच र उत्साहका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन्।

नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा र्‍यालीमा सहभागी हुँदै थापाले देशवासीलाई नयाँ वर्षको शुभकामना दिएका हुन्।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले नयाँ वर्षलाई नयाँ उत्साह, जोश र सकारात्मक सोचका साथ अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘यो वर्ष जति पनि नकारात्मक कुरा छन्, घृणा, प्रतिशोध र पूर्वाग्रह सबै पुरानो वर्षसँगै त्यागौँ। नयाँ वर्षलाई नयाँ उत्साह, नयाँ जोश र सकारात्मक सोचका साथ सुरु गरौँ।’

थापाले नेपाल संवत् ११४७ को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरेका छन्।