नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।
महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा बुक गरिएको हो ।
यसअघि कांग्रेस संस्थापनले पनि १५ औँ महाधिवेशन खुलामञ्चमा गरेको थियो ।
देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ, जसमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भनिएको छ।