नेप्सेको उच्चबृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ३१ दशमलव ५४ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पाँच दशमलव ४५ अंकले घटेर २६ सय ९० दशमलव १५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले घटेर चार सय ८७ दशमलव ६६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४८ वटा कम्पनीहरुको ७४ हजार ५४ पटककको कारोबारमा दुई करोड २८ लाख ६२ हजार पाँच सय ५४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार एक सय ४५ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक ८९ दशमलव ८४ अंकले बढेर पाँच हजार छ सय ५४ दशमलव ७२ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २९ दशमलव २३ अंकले बढेर नौं हजार पाँच सय ८९ दशमलव १८ अंकमा पुगेको छ । सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक सात दशमलव १५ अंकले घटेर १६ सय ११ दशमलव शुन्य सात अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ४९ अंकले घटेर तीन हजार छ सय ९६ दशमलव ६५ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि २० दशमलव २३ अंकले घटेर १२ हजार ६६ दशमलव २३ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्र्यटन, लगानी, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज सबै भन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेन्छियाम हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा लुम्बिनी बिकास बैंक परेको छ ।