आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आइतबार, कार्तिक २२ २०८३

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०ः१५ बजे सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारीसाधनको आवागमन रोकिएको छ। सडक खुलाउनका लागि उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको र करिब आधा घण्टाभित्र राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।