आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

‘झिँगेदाउ-२’मा आँचल अनुबन्धित

आइतबार, असार ८ २०८२

काठमाडौं । नायिका आँचल शर्मा  फिल्म ‘झिँगेदाउ-२’ मा अनुबन्धित भएकी छन्। उनले निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजासँग अभिनय सम्झौता गरेकी हुन्।

यो चलचित्रमा यसअघि नायिकाको रूपमा केकी अधिकारी अनुबन्धित भएकी थिइन् । चलचित्रमा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले बताएका छन् ।

‘झिँगे दाउ’कै सिक्वेलको रूपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो । निर्देशक देउजाका अनुसार, दशैँपछि यस चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ । ‘झिँगे दाउ’ जहाँ सकिएको थियो, सोही ठाउँबाट यसको सिक्वेलको उठान गरिने उनले बताए ।