आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विदेश पठाइदिने भन्दै ११ करोड ठगी गर्ने दुई जना पक्राउ

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौँ । बेलायत पठाइदिने भन्दै ११ करोड बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगर–३२ नरेफाँट बस्ने ४७ बर्षीया अरुण राज शर्मा रहेका छन् ।

उनीहरुले हाल सम्म ३८ जना पीडितहरुबाट युकेका विभिन्न शहरमा पठाइदिने भन्दै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

ठगीको उजुरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइदिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

उनीहरु दुवै जना आईतबार पक्राउ परेका थिए ।