आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

बुधबार, जेष्ठ १४ २०८२

बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ ।

सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको हो । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उनीहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो ।

उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्वपति  कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान जारी छ ।