बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेसबुकमार्फत हनी ट्रयापमा पारेर पैसा असुल्ने दुई महिला पक्राउ

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौँ । नेपाल प्रहरीले हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।

उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले दिएको जानकारीअनुसार दुई जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क बढाएर ट्रयापमा पारेका थिए ।

उनीहरुले पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गराएकार अचेत अवस्थामा पुर्याएर उनको अश्लील फोटो र भिडियो बनाएर बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिनसट मेसेन्जरमा पठाएर पीडितलाई ‘काठमाडौँमा घर र ४ आना जग्गा दिनुपर्छ नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए । उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य समेत पारेका थिए ।

प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।

उनीहरुलाई विहीबार हनुमानस्थानबाट पक्राउ गरी आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।