आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युवती बलात्कारको आरोपमा एक जना पक्राउ

आइतबार, जेष्ठ ४ २०८२

अछाम । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबलबहादुर थापा हुन्। प्रहरीले उनलाई शनिबार बेलुकी पक्राउ गरेको थियो ।

थापाले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।