आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

झापामा श्रीमतीको हत्या गरी श्रीमानले गरे प्रहरीसमक्ष आत्मसमर्पण

आइतबार, बैशाख २८ २०८२

झापा । झापाको कनकाई नगरपालिका २ सुकेडागीमा एक श्रीमानले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

कनकाई नगरपालिका वडा नं २ सुकेडागी बस्ने वर्ष ३५ को कविराज हेमरनले श्रीमती वर्ष ३४ की पूजा हेमरनको खुकुरीले घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिवार राति ११ः२० बजेको समयमा खुकुरी र श्रीमान् कविराज हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ ।