आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

७ जना डीआईजीको सरूवा, कसको कहाँ ?

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरु (डीआईजी) को सरुवा गरेको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डीआईजी सरुवाको निर्णय भएको हो । डीआईजी सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

कोशी प्रदेशमा ईश्वर कार्की, मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ भने डम्बर बहादुर बिकलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।