काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर सुजित सिंहलाई नेपाल भारत सीमा क्षेत्रमा गाली हानी नियन्त्रणमा लिएको हो ।
सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाराका प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । उनको खोजीमा प्रहरी परिचालन भएपनि सिंह भारततर्फ रहेकाले पक्राउ परेका थिएनन् ।