बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी डाइरेक्टरबिच भेटवार्ता

बिहिबार, मंसिर २१ २०८०

काठमाडौं  प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन्।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ।

यस किसिमको भेटघाटले दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सेनाको भनाई छ।  भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थाेम्पसनको पनि उपस्थिति थियो।