आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा, प्रहरी समायोजनका लागि दबाब दिने

मंगलबार, मंसिर १२ २०८०

काठमाडौं । प्रहरी प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् ।

काठमाडौं आएका सातै प्रदेशका गृहमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका हुन् ।

उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम छ ।

प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

प्रदेशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको आरोप रहेको छ ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन आवश्यक कानुन नबनाएको गुनासो गर्दै यसअघि पनि उनीहरूले प्रहरीबिनाको प्रदेश सरकार अपूर्ण रहेको बताउँदै आएका छन् ।