काठमाडौं । सर्लाही मलंगवाको एक गाउँमा फोहोरको थुप्रो भित्र दुई नवजात शिशुको शव फेला परेको छ ।
सदरमुकाम मलंगवा नगरपालिका ९ स्थित फोहोरको थुप्रोमा दुईजना शिशुको शव फेला परेको हो । ती जुम्ल्याहा शिशु भएकाे अनुमान गरिएकाे छ। अन्दाजी ७ महिना जतिका शिशु गर्भपतन गरे फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ।
बाटो हिँड्ने बटुवाले फोहोरमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।