आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उमेर विवादका कारण राजीनामा दिएका उपरथी पाण्डेको राजीनामा स्वीकृत

बिहिबार, मंसिर ७ २०८०

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उमेर विवादमा तानिएपछि उपरथी पाण्डेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार पाण्डेको राजीनामा २४ कात्तिकदेखि नै लागू हुनेछ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

उपरथी पाण्डेले नेपाली सेनाको मुख्यालयमा २३ कात्तिमा राजीनामा बुझाएका थिए । नेपाली सेनाको मुख्यालयले पाण्डेको राजीनामाको जानकारी २४ कात्तिकमा रक्षा मन्त्रालयलाई पठाएको थियो ।

जन्ममिति किर्ते गरेको उजुरी परेपछि सैनिक मुख्यालयले छानबिन थालेको थियो । पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो । तर, नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि उपरथी पाण्डे विवादमा तानिएका थिए ।