आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

धनकुटामा एकैघरका तीन जना घरभित्रै मृत फेला

बिहिबार, मंसिर ७ २०८०

धनकुटा । धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ३७ वर्षका टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ।

टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

६ वर्षकी छोरी आशिका भने सकुशल छिन् । उनलाई बाबू टीकाले राति नै छिमेकीको घरमा पुर्‍याएपछि घटना गराएको देखिएको प्रहरीको भनाइ छ। घटनास्थलमा अहिले प्रहरीले घटनाको मुचुल्का उठाइरहेको छ ।