आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बोरामा हात–खुट्टा बाँधेर फालेको अवस्थामा महिला र पुरुषको शव फेला

बुधबार, मंसिर ६ २०८०

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०र३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।