आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रहरी हवल्दार राई झुन्डिएको अवस्थामा मृत फेला

मंगलबार, मंसिर ५ २०८०

झापा । नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन्।

झापाको हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए। प्रहरीका अनुसार घर आएका उनले अत्याधिक मदिरा सेवन गरी राति परिवारसँग झै-झगडा गरेको छिमेकीले बताएका छन्।

श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राती उनी आफ्नो सुत्ने कोठामा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आज बिहान श्रीमतीले श्रीमान् झुन्डिएको अवस्थामा देखेपछि तत्काल छिमेकीलाई खबर गरेका थिए।

त्यसपछि घटनास्थलमा प्रहरी टोलीले पुगेको थियो ।

हाल उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।