शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

विकल्प प्रदान नगरी इपिजी प्रतिवेदन कार्पेट मुनि लुकाएर राख्नु दुवै पक्षलाई हानिकारक : डा. बाबुराम भट्टराई

बुधबार, असार २० २०८०

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विगत पाँच वर्षदेखि प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनमा धूलो जम्मा हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई किन लत्याएको भनेर पनि प्रश्न समते गरेका छन् ।

ईपीजीको अवधारणा (भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै) को प्रारम्भकर्ताको रूपमा आफू गहिरो दुःखी भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा तस्वीर समेत सार्वजनिक गर्दै भट्टराईले २१ औँ शताब्दीको माग अनुरूप बृहत् तवरले सदियौं पुरानो नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने समग्र धारणासहित भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै आफूले ईपीजीको अवधारणा ल्याएको बताएका छन् ।

कुनै राम्रो विकल्प प्रदान नगरी कार्पेट मुनि समस्याहरु लुकाएर राख्नु दुवै पक्षलाई हानिकारक हुने उनले बताएका छन् । साथै डा. भट्टराईले नेपालको तर्फबाट नेताहरूले भारतसँगको सन् १९५० को सन्धिजस्ता मूल मुद्दाहरू समाधान नगरी कुनै पनि सतही बहानाले सुमधुर द्विपक्षीय सम्बन्ध सुनिश्चित गर्न नसक्ने कुरामा ध्यान दिनसमेत भनेका छन् ।