शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

शुक्रबार, कार्तिक २७ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा रहेको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २८ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३५ पैसा रहेको छ ।

यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।