शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते

शुक्रबार, कार्तिक २७ २०८३

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०२००३ प ८१५५ नम्बरको स्कुटी एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरूको अवस्था र दुर्घटनाको थप विवरण आउन बाँकी छ ।