काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँ रहेको छ ।
बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला २० रुपैयाँ र सेतो मूला (हाइब्रिड) २० रुपैयाँ कायम भएको छ । लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
यसैगरी, टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ र लौका ४० रुपैयाँ तोकिएको छ ।
सागसब्जीतर्फ रायोको साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूरको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ कायम भएको छ ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो १८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ । त्यस्तै, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाली र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ र अनार ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
उल्लेखित मूल्य कालीमाटी बजारको न्यूनतम थोक मूल्य हो । खुद्रा बजारमा भने मूल्य फरक हुन सक्छ ।