सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

अमेरिकी डलरको मूल्य १५० रुपैयाँ नाघ्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

सोमबार, कार्तिक २३ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा रहेको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ १ पैसा तोकिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ ।