सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

दैलेखमा बिरामी बोकेको जिप ३०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सोमबार, कार्तिक २३ २०८३

काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सोमबार बिहान करिब साढे ५ बजे गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जिप दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–७ निवासी ४१ वर्षीय रने सार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको उपचार भइरहेको छ ।