काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा रहेको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ दुई पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, यूएई दिरामको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा तोकिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ सात पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३० पैसा कायम भएको छ ।
यसैगरी, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९० रुपैयाँ १४ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।