आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पोखराको सडकमा एक युवकको शव फेला, शरीरमा निलडाम र चोट

सोमबार, जेष्ठ २६ २०८२

पोखरा । पोखराको एक सडकमा एक जना युवकको शव फेला परेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १५ मा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको हो। वन विज्ञान अध्यन संस्थान जाने बाटोमा भेटिएको शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए।

सोमबार बिहान करिब ५ बजेतिर भेटिएको शवसँगै एउटा हथौडा पनि भेटिएको छ। शव देख्ने स्थानीयले जानकारी गराएपछि बिहानै प्रहरी पुगेर शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डिएसपी बस्नेतले बताए।

अहिलेसम्म शवको सनाखत भने हुन सकेको छैन।

राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ ।