आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल प्रहरीका ११ एसएसपी डीआईजी बढुवा सिफारिस

बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरू नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, बिनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी,माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा रहेका छन् ।

यसैगरी, दीपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ पनि डीआईजी बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धि विक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

त्यससँगै प्रहरीमा रिक्त हुन आउने ११ डीआईजी पदका लागि एसएसपीहरू बढुवा सिफारिस भएका हुन् । प्रहरीमा गत चैत ४ गतेदेखि नै १० जना डीआईजीको पद खाली थियो ।

हेर्नुहोस् सूची :