काठमाडौं । नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) भक्तपुरमा फेला परेका छन् ।
मृत फेला पर्नेमा सई बालकृष्ण उपाध्याय घिमिरे रहेका हुन्। उनी आज बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।
४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।
उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए।