आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

६ किलो भन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ

बिहिबार, मंसिर २८ २०८०

बझाङ  । बझाङबाट ६ किलो भन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन्।

दुर्गाथली गाउँपालिकाबाट केदारस्युँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन्।

उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए। मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।