काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज विज्ञापन खुला गर्दै रिक्त पदमा आवेदन माग गरेको हो ।
सेनाले प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिनसक्ने सूचनामा जनाइएकाे छ ।
पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।