कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका – ४ तारानगरमा अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।
आईटी सेन्टर सञ्चालन गरी अनलाइनबाट ठगी गर्ने गरेको आरोपमा ४ नेपाली सहित ५ भारतीय पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार, २८ को कमल सुनार, डोटीको सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, कञ्चनपुरको पुर्नवास नगरपालिका–६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार रहेको डीएसपी चन्दले बताए ।
यस्तै भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, २२ वर्षीय जयराम सुनार, भारतकै करोलबाग दिल्ली बस्ने २४ को निखिल कुमार र १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।