आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दाङको तुलसीपुरमा सहोदर दाजुभाइ मृत फेला

मंगलबार, मंसिर ५ २०८०

दाङ। दाङको तुलसीपुर गाइडहरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरु बस्ने घरमा घरबेटी पनि बस्दैन थिए ।

प्रारम्भिक अनुसन्धानबाट दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका गरिएको प्रहरीले बताएको छ ।