आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माओवादीको पदाधिकारी र कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आइतबार, पुष ३ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।

नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादी केन्द्रले पनि आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो ।

बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने माओवादी महासचिव देव गुरुङले जानकारी दिए  ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
सत्ता नेतृत्व गरेको अर्को दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।

कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुन्छ। पार्टीका धेरै सांसद संसदीय दलको नेताका लागि इच्छुक भएकाले चुनाव हुन सक्ने देखिएको छ।