आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अनलाईन जुवा नखेल्न राष्ट्र बैंकको निर्देशन

मंगलबार, मंसिर २७ २०७९

काठमाडौं : नेपाल राष्ट्र बैंकले अनलाईन जुवा नखेल्न निर्देशन दिएको छ । मंगलबार सुचना जारी गर्दे राष्ट्र बैंकले अनलाईन बैंकिङ, मोबाईल बैंकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी लगायतका गैरकाकानुनी कार्यमा संलग्न नहुन आग्रह गरेको हो ।

विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजीजन्य लगायतका कार्यमा कोही संलग्न भएको पाईएमा सम्वन्धीत, व्यक्ति, समुह, तथा संस्थालाई कानुनी कारवाही हुने तथा निजहरुको बैंक खाता, मोवाईल वालेट लगायतबाट हुने कारोबार रोक्का गरिने जानकारी दिएको छ ।

सोही सुचना मार्फत राष्ट्र बैंकले अनुमती पत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य कार्यहरुको भुक्तानी बैंक खाता, मोबाईल बैंकिङ, मोवाईल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । यसको बावजुत पनि कसैले यस्तो कार्य गरेमा राष्ट्र बैंकमा जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।