आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

यस्तो आज विदेशी मुद्राको विनिमय दर

मंगलबार, मंसिर २७ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७६. ३४ पैसा र बिक्रीदर १३२/१३१ रुपैयाँ ३६. ९४ पैसा कायम गरिएको छ। 

सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो । 

यसरी नै युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्य अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो । 

यता, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ । 

यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।
 
यता, मलेसियन रिंगिट एकको खरिददर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।